• २०७८ माघ १४ गते शुक्रवार

बेलायतमा एकैदिन ९१ हजार नयाँ सङ्क्रमित थपिए, ४४ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

बेलायतमा कोरोनाका कारण एकैदिन ९१ हजार नयाँ सङ्क्रमित थपिएका छन् । बेलायत सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत २४ घन्टामा बेलायतमा ९१ हजार ७ सय ४३ नयाँ सङ्क्रमित थपिएको र ४४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । बेलायतमा कोरोनाको तेस्रो लहर सुरु भएदेखि नै कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ । पछिल्लो समय कोरोनाको नयाँ स्वरुप ओमिक्रोनका कारण पनि बेलायतमा दैनिक १३ देखि १५ हजार मानिसहरू सङ्क्रमित हुन थालेका छन् भने १० देखि १५ जनाको ओमिक्रोनकै कारण मृत्यु हुनेको गरेको छ । हालसम्म बेलायतमा १ करोड १४ लाखभन्दा बढी कोरोनाका कारण सङ्क्रमित भइसकेका छन् भने १ लाख ४७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यसैबीच, विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण कोरोनाविरुद्धको दुबै मात्रा खोप लगाएकाहरूलाई समेत सङ्क्रमित गर्न थालेकोमा चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार