• २०७८ माघ १४ गते शुक्रवार

इन्द्रेणी कम्प्लेक्समा आगलागी,दुई करोड बढीको क्षति

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी हुँदा दुई करोड रुपैयाँ बढीको क्षति भएको छ । सोमवार दिउँसो तीन बजेको आसपासमा इन्द्रेणी कम्प्लेक्सका जीम सेन्टरमा आगलागी भएको हो । आगलागीबाट जीम सेन्टरको सामानहरु जल्दा दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको जीम सेन्टरको सञ्चालकलाई उदृत गर्दै प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामाले जानकारी दिए । दिउँसो ३ बजे आगलागीको सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली घटनास्थलमा पुगेर करिब ५० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको उनले बताए । प्रारम्भिक अनुसन्धानमा इन्र्भटरमा आगलागी भएर आगलागी फैलिएको देखिएको उनले जानकारी दिए । काठमाडौं, भक्तपुर र ललितपुर तिनवटै जिल्लाको दमकल समयमै आएका कारण आगलागी नियन्त्रण सम्भव भएको डिएसपी लामाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार