• २०७८ माघ १४ गते शुक्रवार

अर्जुन दास हत्या प्रकरणः स्थानीयले उठाउन दिएनन् शव

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको हत्यामा संलग्नलाई पक्राउ गरेर यथाशीघ्र सार्वजनिक गर्नुुपर्ने माग गर्दै स्थानीय वासिन्दाले शव उठाउन अस्वीकार गरेका छन् । दासको हत्यामा संलग्नहरुको पहिचान भइसकेको तर प्रहरीले पक्राउ गर्न आनाकानी गरेको आरोप लगाउँदै घटनास्थल अमरावती सामुदायिक वनमा भेला भएका स्थानीयले शव उठाउन नदिएका हुन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेकाले परीक्षणका लागि अस्पतालसम्म लैजान दिन आग्रह गरेपनि उनीहरुले हत्यामा संलग्नलई पक्राउ गरेपछि मात्र शव उठाउन दिने अडान राखेका छन् । शुक्रबार साँझ घरबाट निस्किएका दास शनिबार बिहान टाउको छेदन गरेर रुखमा बाँधेको अवस्थामा भेटिएका थिए । घटनाको जिम्मेवारी लिएको टेलिफोन संवाद सार्वजनिक भइसकेको भन्दै स्थानीय वासिन्दा र आफन्तले त्यसै अडियो संवादको आधारमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार