• २०७९ जेष्ठ १० गते मङ्गलवार

सर्वदलीय बैठकः (एमससीसी) बारे दलहरुको फरक-फरक धारणा

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको आज आइतवारको सर्वदलीय बैठकले संसद् नियमित गर्न दिन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई आह्वान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुकीपख बसेको बैठकका निर्णयबारे जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् निरन्तर अवरोध हुँदा नियमित कामका साथै जनअपेक्षासमेत प्रभावित भएकाले जननिर्वाचित संस्थालाई लामो बन्धक बनाउनु उचित नहुने सर्वदलीय निष्कर्ष रहेको जानकारी दिए । यद्यपि आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी थिएन । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमससीसी) सम्झौताका विषयमा पत्रकारले सोधेको जिज्ञासामा सरकारका प्रवक्ता कार्कीले सर्वदलीय बैठकमा कसरी अघि बढाएर लैजाने भन्ने विषयमा दलबाट फरक फरक धारणा आएको जानकारी दिए । उनले त्यस विषयमा फेरि छलफल गरेर निष्कर्षमा पुग्ने पनि बताएका छन । प्रधानमन्त्रीले आमन्त्रण गरेको बैठकमा प्रमुख प्रतिपक्ष सहभागी हुनुपर्नेमा त्यो हुन नसक्नु विडम्बना भएको उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार