कैलालीमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको प्रहरीले बताएको छ । जिल्लाको दक्षिण पुर्वी जानकी गाउँपालिका स्थित अमरावती सामुदायिक वनमा शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । मृतक सोहि ठाउँ बस्ने २५ वर्षीय अरुनदास रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताएका छन । उक्त घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
जानकारीमूलक र रोचक भिडियोहरु हेर्नका लागि अनलाइन राप्तिसोनारीको युटुब च्यानल (Online Raptisonari) सब्सक्राइब गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस