• २०७९ जेष्ठ १० गते मङ्गलवार

भोलीदेखि यि जिल्लामा कोभिडविरुद्धको खोप दिइँदै

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

भोलिदेखि ५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप दिइँदैछ । प्रदेश–१ का ११, प्रदेश–२ का पाँच, वाग्मतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ÷नौ जिल्ला र सुदूरपश्चिमका सात जिल्ला गरी ५७ जिल्लामा बालबालिकालाई मोडर्ना खोप दिन लागिएको हो । प्रदेश–१ मा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर रहेका छन् । यसैगरी गण्डकीका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत जिल्ला तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया जिल्ला तोकिएको छ । यस्तै कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्ला तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुरमा बालबालिकालाई खोप दिन लागिएको मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा भोलिदेखि १४ गतेसम्म मोडर्ना खोप दिन लागिएको हो । अरु जिल्लामा भने फाइजर खोप लगाइने र त्यसको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी गरेको छ । सम्बन्धित वडाले विद्यार्थीलाई पायक पर्ने गरी विद्यालयहरुमा खोप केन्द्र निर्धारण गर्ने खोप शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार