• २०७८ माघ १४ गते शुक्रवार

कांग्रेस सहमहामन्त्रीको मतगणना सकिएसँगै १३ सदस्यीय पदाधिकारी चयन

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

नेपाली कांग्रेसको सहमहामन्त्री पदको मतगणना सकिएसँगै १३ सदस्यीय पदाधिकारी चयन भएको छ । आज शुक्रवार पाँच जना सहमहामन्त्रीको नतिजा आएसँगै १३ सदस्यीय पदाधिकारी चयन भएको हो । उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरू भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर र महेन्द यादव देउवा समूहबाट निर्वाचित हुनुभएको हो । यस्तै डा. शेखर कोइराला समूहबाट उपाध्यक्ष धनराज गुरुङ र महामन्त्री गगनकुमार थापासहित सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार निर्वाचित भएका छन । विश्वप्रकाश शर्मा प्रकाशमान सिंह समूहबाट चुनावी प्रतिस्पर्धामा आएर महामन्त्रीमा विजयी भएका छन । कांग्रेस पदाधिकारीमा महिलाको प्रतिनिधित्व भने महिला ’क्लस्टर’ बाटमात्र बनेको छ । आज भएको सहमहामन्त्री पदको मतगणनामा मधेशीतर्फ महेन्द्र यादव, थारुतर्फ उमाकान्त चौधरी, पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे, खसआर्यतर्फ किशोरसिंह राठौर र मुस्लिमतर्फ फरमुल्लाह मन्सुर विजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार