• २०७८ माघ १४ गते शुक्रवार

जवरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

तुलसीपुरमा एक बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन । पक्राउ पर्ने तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २० वर्षीय विशाल चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभएको छ । गत बुधबार स्थानिय शंखु चौधरीको घरमा विवाहको नाच हेर्न गएकी बालिकालाई पिसाब फेर्न गएको समयमा जवरजस्ती करणी गरेको चौधरी माथि आरोप लागेको छ । उनलाई बुधबार रातीनै पक्राउ गरी बिहिबार दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार