• २०७८ माघ १४ गते शुक्रवार

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप खेलमा नेपाल र भुटान खेल्दै

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भुटान खेल्दैछन् । नेपाल र भुटानबीचको खेल बेलुका पौने ७ बजे बङ्गलादेशको ढाकामा रहेको सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपाललाई भुटानसँगको खेल्न जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलले हराएको थियो । भुटानले पहिलो खेलमा श्रीलङ्कालाई ५–० ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६–० र तेस्रो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो । लगातार तीन खेलमा पराजित श्रीलङ्का भने फाइनल होडबाट बाहिरिसकेको छ । नेपालले भारतसँग पर्सि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार