• २०७८ माघ १४ गते शुक्रवार

तुलसीपुर महोत्सव २०७८ आजबाट सुरु

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

तुलसीपुर महोत्सव २०७८ आजबाट विधिबतरुपमा संचालन भएको छ । स्वरोजगार,आत्मभिरता हाम्रो आधार, गाउँ देखी शहर सम्म व्यापार विस्तार भन्ने नाराका साथ तुलसीपुरमा महोत्सव सुरु भएको छ । विहिवारबाट सुरु भएको महोत्सव पुस १२ गते सम्म संचालन हुने भएको छ । महोत्सव उद्घाटनमा बोदै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले मेला महोत्सव आम्दानी बाहिर पठाउने नभई भित्याउने गरि लगाउन पर्ने बताएका छन् । यसकालागी आन्तरीक उत्पादनको प्रवर्घन र प्रोत्साहन गर्न पनि उनको आयोजकलाइ सुझाव थियो । तुलसीपुर चेम्बर अफ कर्मशले आयोजना गरेको तुलसीपुर महोत्सव २०७८को उद्धाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सो अवसरमा बोल्दै नेपाल चेम्बर अफ कर्मश लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोख्रेलले निजि क्षेत्रलाई राज्यले प्रोत्साहित गर्नुपर्ने बताए । राज्यले अल्पकालिन तथा दिर्घकालिन योजना बनाएर निजि क्षेत्रको लगानी प्रर्वद्धनमा जोड दिनुपर्ने बताए । राज्यले राजस्व संकलनमा मात्रै चासो दिने तर निजि क्षेत्रको विकासका लागी खासै ध्यान नदिएको उनको गुनासो थियो । तुलसीपुर चेम्बर अफ कर्मशका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमा राष्ट्रिसभा सदस्य कोमल वली, जगप्रसाद शर्मा, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेलगायतले बोल्नुभएको थियो । तुलसीपुर चेम्बर अफ कर्मशका उपाध्यक्ष वेनु अधिकारीले धन्यवाद मन्तव्य व्यक्तगरेकी थिइन भने कार्यक्रमको सञ्चालन महासचिव प्रेमप्रकाश गिरी र सचिव ऋषिराज भण्डारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार