• २०७८ माघ १४ गते शुक्रवार

एसीसी यू–१९ एसिया कपका लागि नेपाली युवा टोलीले तयारी गर्दै

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने एसीसी यू–१९ एसिया कपका लागि नेपाली युवा टोलीले तयारीलाई तीव्रता दिइरहेको छ । उमेर समूहका प्रतियोगितामा कुनै समय बलियो देशको परिचय पाएको नेपालले प्रतियोगितामा बलिया देशसँग प्रतिस्पर्धा गर्दैछ । विश्व कपपछिकै ठूलो प्रतियोगिताको रूपमा हेरिने एसिया कपमा नेपालले राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ कीर्तिपुरमा रहेको त्रिभुवन विश्व विद्यालयको मैदानमा तयारीलाई तीव्रता दिइरहेको छ । यू–१९ उमेर समूहका खेलमा बलियो देशको परिचय बनाएको नेपालले एक हप्तापछि यूएईमा एसीसी यू–१९ एसिया कप खेल्दैछ । कोरोना महामारीका कारण तय भएका केही अन्तर्देशीय प्रतियोगितामा सहभागी हुन नसकेको अवस्थामा नेपालले झन्डै दुई वर्षपछि अन्तर्देशीय भ्रमण गर्न लागेको हो । एसिया कपमा टेस्ट मान्यता प्राप्त देश बङ्गलादेश, श्रीलङ्का र कुवेतले प्रतिस्पर्धा गर्दैछन् । त्यस कारण एसिया कपलाई विश्व कपपछिकै ठूलो प्रतियोगिताका रूपमा हेरिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार