• २०७८ माघ १४ गते शुक्रवार

गहुँमा हाल्ने मल नपाएपछि किसान प्रदर्शनमा

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

सप्तरीमा गहुँमा हाल्ने मल नपाएपछि किसान आक्रोसित बनेका छन । आवश्यकता अनुसारको मल जिल्लामा नआएपछि किसानले दुई दिन अघिदेखि आन्दोलन शुरु गरेका छन् । राजविराज २ तेत्तरी गाछीस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा तीन दिनदेखि मलका लागि लाइन लाग्दै आएपनि नपाएपछि किसानले कम्पनी अगाडि नै टायर बालेर प्रदर्शन गरेका छन् । बुधबार उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि समेत टायर बालेर प्रदर्शन गरेका छन् । जिल्लामा ३५ हजार बोरा डीएपी आवश्यक भएकोमा ६ हजार ६ सय बोरा, ८० हजार बोरा युरिया चाहिनेमा ७ सय बोरा मात्रै आएकाले यस्तो समस्या भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार