• २०७८ माघ १४ गते शुक्रवार

भोली पुस १ गते देखि तुलसीपुर महोत्सव सुरु,उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले गर्ने

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

तुलसीपुर चेम्बर अफ कर्मशले आयोजना गरेको तुलसीपुर महोत्सव २०७८ को उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले गर्ने कार्यक्रम रहेको छ । महोत्सवको उदघाटन दिउँसो गरिने संचार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए । तुलसीपुरको बसपार्कबाट झाँकी सहितको ¥याली निकालीने आयोकले जानकारी दिएको छ । पौष १ गतेदेखी १२ गते सम्म सन्चालन हुन महोत्सवको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक तुलसीपुर चेम्बर अफ कमर्स तुलसीपुरले जानकारी दिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले महोत्सवमा स्वास्थ्य उपचार व्यवस्थापन, कलाकारहरुको आमन्त्रण, प्रमुख अतिथिलाइ निम्तो, सुरक्षा व्यावस्थापन, अतिथिहरुलाइ आवासको व्यवस्थापन, स्टल व्यवस्थापन र बुकिङ, वाल उद्धान्न निर्माण लगायत सवै कामहरु सम्पन्न भैसकेको बताएका छन । स्टल व्यवस्थापन समितिले महोत्सव स्थलमा ३ सय २५ वटा स्टल व्यावस्थापन गरीएको जानकारी दिएको छ । त्यसमा २५ वटा स्टल कृषिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार