• २०७८ माघ १४ गते शुक्रवार

तुलसीपुरबाट ब्राउन सुगर सहित १० जना पक्राउ

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

तुलसीपुरबाट करिब ३ ग्राम ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मंगलबार तुलसीपुर बजार तथा आसपासका बिभिन्न क्षेत्रबाट २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का २१ बर्षीय बिरबहादुर बिक, तुलसीपुर ८ कृष्णमन्दिरका २५ बर्षीय अमर गन्दर्भ, तुलसीपुर १ भम्केका ३३ का बिरबल बिरकट्टा, सल्यान जिल्लाको कुमाख गाउँपालिका २ खानीखोला घर भइ हाल तुलसीपुर ५ मा कोठा भाडामा बस्ने २८ बर्षीय बिरबहादुर चलाउने, तुलसीपुर १८ बेलझुण्डीका २३ बर्षीय कैलाश सुनार, सोही ठाउँकै २३ बर्षीय वशन्त राना, तुलसीपुर १ भम्केका २२ बर्षीय बिनोद भण्डारी, तुलसीपुर ५ का २४ बर्षीय देबिराज हल्वाई, तुलसीपुर ९ का २४ बर्षीय एकराज डाँगी र सोही ठाउँका २६ बर्षीय मानबहादुर बिकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार