• २०७९ जेष्ठ ११ गते बुधवार

कोरोना खोप बेचेको आरोपमा दुई जना पक्राउ

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको कोरोना खोप बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिष्टेन्ट अजय कुमार साह र उनका सहयोगी कृष्णकुमार यादव छन् । साह र यादवले १५ हजार लिएर रुपैयाँ जोन्सन एण्ड जोन्सन खोप बेचिरहेको अवस्थामा अख्तियारको काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो । ३ वटा खोपसहित पक्राउ परेका दुई जनाबिरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । यसअघि धनुषाकै शहीदनगर नगरपालिका ३ यदुकोहास्थित श्रीराम हेल्थ केयरमा कोरोनाबिरुद्वको खोप फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार