• २०७९ जेष्ठ ११ गते बुधवार

आदिवासी जनजाति महासङ्घ सल्यानको अध्यक्षमा चूडामणि पि.एम.

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज) सल्यानको अध्यक्षमा चूडामणि पि.एम. निर्वाचित भएका छन् । सोमबार सल्यान खलङ्गामा भएको फोनिजको दोस्रो जिल्ला अधिवेशनले दुई पछि थप्ने गरी ११ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा राजु पुन, सचिव प्रदीप घर्ती, सह सचिव सुस्मिता थापा र कोषाध्यक्षमा कमल बुढा चयन भएका छन । यस्तै सदस्यहरूमा विशाल पुन, विजय घर्ती र नबिना कुमारी पुन रहेका छन् । अधिवेशनले तीन सदस्यीय सल्लाहकार कमिटी गठन गरेको छ । जसमा वृद्धि पुन, हरि प्रकाश पुन र यम थापा रहेका छन् । सो अबसरमा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश सदस्य दीपक शर्माले नेपाल विविधताले भरिपूर्ण देश भएकाले सबै वर्ग, जाति, समुदाय, धर्मका विषयलाई राज्यको कानसम्म पु¥याउन मिडियाले महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने शर्माले बताए । उनले फोनिजसँग पत्रकार महासङ्घले आवश्यक सहकार्य गर्ने समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार