• २०७९ जेष्ठ ११ गते बुधवार

छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

दाङमा छुट्टा छुट्टै दुर्घटनापरी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १९ का ४६ वर्षीय भक्त बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोमबार मध्यान्न १२ बजे घोराही उपमहानगरपालिका वडा नं. १ दाङजामा रहेको पशुपति कोईलाखानी उद्योगमा काम गर्दै गर्दा सुरुङ भित्रै च्यापिदा घाइते हुनुभएको थियो । घाईते घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको प्रहरीले बताएको छ । त्यसैगरी दाङमा स्कुल बसले ठक्कर दिदा घोराही उपमहानगरपालिका–६ अगेरा बस्ने पदैल यात्री रोहित पाण्डेको छोरी २ वर्षीया आहाना पाण्डे मृत्यु भएको प्रहरीले बताएको छ । सोहि ठाउँबाट बिद्यार्थी लिएर अगेरा तर्फ आउँदै गरेको बबई स्टार लिटिल बोडिङ स्कुलको ना ३ ख ९९९३ नम्बरको बसले ठक्कर दिदा बालिका घाइते भएकी थिईन । घाइते बालिकाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार