• २०७८ माघ १४ गते शुक्रवार

१० केजी आगुऔषध चरेस सहित महिला पक्राउ

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

रोल्पामा लागुऔषध चरेस सहित एक महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा थबाङ गाउँपालिका–४ घर भई सुलिचौर बस्ने अन्दाजी ५२ वर्षीया थमकली घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । सुनछहरी गाउँपालिका–१ फुलिवनबाट सुलिचौर तर्फ आउँदै गरेको रा १ ज ४०५ नम्बरको जीपमा विशेष सुचनाको अधारमा चेक जाँच गर्नेक्रममा आइतबार ४ बजे सुलिचौरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घर्तिको साथबाट सेतो रगंको झोलामा चरेश जस्तो देखिने ११ पोका अन्दाजी १० केजि लागुऔषध फेला परेको प्रहरीले बताएको छ । जिप र महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार