• २०७८ माघ १४ गते शुक्रवार

एबीसी इट्टा भट्टाबाट एक मजदुर बेपत्ता

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

तुलसीपुरको हेमन्तपुर नजिकै रहेको एक इट्टा भट्टाबाट युवक वेपत्ता भएका छन । एबीसी इट्टा भट्टामा काम गर्दै आएका घोडाघोडी नगरपलिका–२ शिरानगर बस्ने अन्दाजि २९ वर्षीय जनकलाल चौधरी गत बुधबार बिहानदेखि बेपत्ता भएको उनका भाइ मुन्नाराज चौधरीले जानकारी दिए । गत कातिक २२ गतेदेखि इट्टा भट्टामा मजदुरीगर्दै आएका चौधरी एका एक सम्पर्कविहिन भएको उनले जानकारी दिए । उनका अनुसार बेपत्ता भएका ब्यक्ति गहुँगोरो भएको, कपाल लामो भएको, कालो ज्याकेट लगाएको,रातो जुत्ता लगाएको,सुस्तमनिस्थीती भएको र राम्रो संग नाम र ठेगाना भन्न नसक्ने अवस्थाका छन । साथै बेपत्ता भएका दाजुलाई फेला पारेमा नजिकको प्रहरी चौकी वा ९८६८८०३७७०,०८२५२१८८० मा सम्पर्क गरिदिनुहुनु आग्रह गरेको छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार