• २०७८ माघ १४ गते शुक्रवार

थप मोडर्ना खोप नेपाल भित्रियो,पुस ४ गतेदेखि लगाइने

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

कोभ्याक्स सुविधा अन्तर्गत १९ लाख ६५ हजार ६ सय मात्रा कोरोना भाइरसविरुद्धको मोडर्ना खोप आइतवार नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख सुरेन्द्र चौरसियाले १९ लाख ६५ हजार ६ सय मात्रा मोर्डनाको खोप नेपाल आज भित्रिएको जानकारी दिए । यो सहित नेपालमा गएको बुधवार र बिहीवार गरी ३६ लाख ५१ हजार ६ सय मात्रा मोडर्ना खोप आइसकेको छ । मोडर्नाको खोप आउँदो पुस ४ गतेदेखि १२ देखि १८ वर्षसम्मका झन्डै १८ लाख बालबालिकालाई लगाइने उनले बताए । सरकारले बालबालिकालाई विद्यालयबाटै खोप लगाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार