• २०७८ माघ १४ गते शुक्रवार

नेकपा एमालेले चयन गरेको यि सात प्रदेशका कमाण्डर

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

नेकपा एमालेले सात वटै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको छ । आज बिहीवार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको हो । बैठकले प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने र इन्चार्जमा देवराज घिमिरेलाई तोकेको छ । यस्तै प्रदेश २ को अध्यक्षमा रामअवतार यादव र इन्चार्जमा रघुवीर महासेठ, वाग्मतीको अध्यक्षमा केशवराज पाण्डे र इन्चार्जमा काशीनाथ अधिकारी तथा गण्डकीको अध्यक्षमा नवराज शर्मा र इन्चार्जमा पद्मा अर्याल चयन हुनुभएको छ । यस्तै लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र इन्चार्जमा छविलाल विश्वकर्मा, कर्णालीको अध्यक्षमा विनोदकुमार शाह र इन्चार्जमा यमलाल कँडेल तथा सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी र इन्चार्जमा लेखराज भट्ट चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार