• २०७८ माघ १४ गते शुक्रवार

सिरखोला जीप दुर्घटना हुदा तीन जनाको मृत्यु, अन्य घाइते

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

तुलसीपुरबाट सल्यान जादै गरेको जीप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ भने अन्य घाइते भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका ३ बस्ने ४८ बर्षिय प्रेम प्रकास शर्मा, कपुरकोट ४ बस्ने ४६ बर्षिया सौनी घर्ति र २५ बर्षिया लालमती खड्का रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । तुलसीपुरबाट सल्यानको सिमपानी जादै गरेको रा १ ज ४३८ नम्वरको जीप तुलसीपुर ३ सिरखोला नजिक आईतवार अपरान्ह चार बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । त्यसैगरी दुर्घटनामा परी गम्भीर घाइते भएका ११ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । रिफर हुनेमा कपुरकोट गाउँपालिका ३ बस्ने ४५ देवा चापागाई, २७ वर्षीय भुप बहादुर थापा,२२ धर्म थापा,सोहि गाउँपालिका ४ किमिरेचौर बस्ने ३६ वर्षीय डम्बर बहादुर बुढाथोकी, सोहि गाउँपालिका १ बस्ने आरति पुन,१९ वर्षीया रमिता बस्नेत , अनिता पुन, दिल बहादुर बुढा, कर्ण बहादुर खड्का, चन्द्र बहादुर खड्का, डम्वर बुढाथोकी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा परी अन्य घाईते हुनेमा कपुरकोट गाउँपालिका ४ धनबाङ बस्ने २२ वर्षीया लक्ष्मी बुढा,५ वर्षीय दिपेश थापा,कमला थापा लगाएतका रहेका छन् । घाईते भएका मध्ये दुई जना किसोर बस्नेत र विश्वास बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुको अस्पतालमा उपचार भईरहेको छ । जीप चालक भने फरार रहेको प्रहरीले बताएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । उक्त दुर्घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार