• २०७९ जेष्ठ ११ गते बुधवार

कांग्रेस महाधिवेशनः उम्मेदवारी फिर्ता लिने ११ बजेसम्म तोकियो

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छुट्याइएको छ । हिजो विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिन चाहेमा आज बिहान ११ बजेसम्मका लागि समय तोकिएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ । त्यस्तै महामन्त्रीमा ६ जना, सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवा उम्मेदवार छन भने संस्थापन इतर समूह विभाजित भएको छ । यो समूहबाट प्रकाशमान सिंह र डा. शेखर कोइराला प्यानलसहित मैदानमा उत्रिएका छन् । त्यस्तै, विमलेन्द्र निधिले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन  । कल्याण गुरुङ र युवराज न्यौपाने पनि सभापतिको उम्मेदवार बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार