• २०७९ जेष्ठ १० गते मङ्गलवार

कांग्रेस महाधिवेशनः नेतृत्व चयन आज सुरु हुँदै

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आज सुरु हुँदैछ । सभापतिसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यको लागि चुनाव गर्ने तयारी छ । आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म काठमाण्डौको राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि भोलि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । पर्सि सोमवार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । नयाँ नेतृत्वको लागि चार हजार ७ सय ४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । यसैबीच नयाँ नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबीच सहकार्यको प्रारम्भिक सहमति बनेको छ । सिटौला समूहलाई महामन्त्री र सहमहामन्त्री दिन देउवा तयार भएका छन । सिटौलाले महामन्त्रीमा युवा नेता प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई अघि सारेका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार