• २०७९ जेष्ठ ११ गते बुधवार

नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदै

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी छ । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाण्डौ, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुने माओवादीले जनाएको छ । सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । माओवादीले यसअघि गएको ११ गते पालिका सम्मेलन गरेको थियो । माओवादीको राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाण्डौमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार