• २०७९ जेष्ठ ११ गते बुधवार

त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

आज शुक्रवार भएको दोस्रो खेलमा जित हासिल गर्दै त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चौथो चरण अन्तर्गत त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले च्यासल युथ क्लबलाई दुई–शून्य गोल अन्तरले हराएको हो । आर्मीले खेलको पहिलो हाफ नै दुई गोल गरेको हो । आर्मीका लागि जर्ज प्रिन्स कार्कीले खेलको १९ औँ मिनेटमा, जगजित श्रेष्ठले ३६ औँ मिनेटमा गोल गरे । आज पराजित च्यासल चार खेलबाट चार अंक जोडेर नवौं स्थानमा छ । यो जितसँगै आर्मीले चार खेलबाट आठ अङ्क पु¥याएको छ । च्यासल चार अङ्कसहित नवौँ स्थानमा यथावत् छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार