• २०७८ माघ १४ गते शुक्रवार

पालिकाको चुनाव आउँदो वैशाखभित्रै निर्वाचन हुने आयुक्त थपलियाको भनाई

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पालिका तहको चुनाव आउँदो वैशाखभित्रै हुने बताउनुभएको छ । आज शुक्रवार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताउनुभएको हो । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा आयोजित राजनीतिक दल, नागरिक समाज र पत्रकारहरू सहभागी अन्तरक्रिया कार्यक्रममा उहाँले यो जानकारी दिनुभएको हो । निर्वाचन आयोग चुनाव गराउने तयारीमा जुटिसकेको र त्यहीअनुसार पूर्वतयारीमा लागिरहेको थपलियाले बताउनुभयो । उहाँले पालिका तहको चुनाव देशभर नै एकै चरणमा, एकै दिन गराउने पूर्वतयारीमा आयोग जुटिरहेको बताउनुभयो । अहिले देशैभरि मतदाता नामावली सङ्कलन भइरहेकाले सबैले सहभागिता जनाउन उहाँले आग्रह गर्नुभयो । यस वर्ष देशभर तीन सय १४ मतदान केन्द्र थप भएको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार