• २०७८ माघ १४ गते शुक्रवार

दाङमा अधिकारकर्मीद्धारा प्रधानन्यायधिसको राजीनामा माग गर्दै धर्ना

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

मानव अधिकारकर्मीहरुले सर्वोच्च अदालतका प्रधानन्यायधिस चोलेन्द्र शमशेर जवराको राजीनामा माग गरेका छन् । विवादित व्यक्ति पदमा बसीरहनु उपयुक्त नभएको भन्दै उनीहरुले प्रधानन्यायधिस जवराको राजीनामा माग गरेका छन् । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले ७३ औँ अन्र्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुक्रवार तुलसीपुरको विपिचोकमा आयोजना गरेको धर्ना कार्यक्रममा बोल्ने अधिकारकर्मीहरुले जवराको राजीनामा माग गरेका छन् । मानव अधिकार संरक्षणका लागी स्वतन्त्र,निष्पक्ष र सक्षम न्यायलय आबश्यक भएको भन्दै अनैतिक प्रधानन्यायधिस जवराको शिघ्र राजीनामा वा बर्हिगमनको माग गदै विपिचोकमा आधा घण्टा धर्ना कार्यक्रम गरिएको हो । सो अवसरमा बोल्दै नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मीले विवादीत र आलोचित व्यक्ति पदमा बसीरहनु सान्दर्भिक नभएको बताउनुभयो । उहाले न्यायलय स्वच्छ र निष्पक्ष हुनु पर्ने बताउदै उहाले जवराले मानव अधिकार उल्लङघनका घटनामा संलग्नलाई उन्मुक्ति दिने काम गरेको आरोप लगाउनुभयो । मानव अधिकारको संरक्षण र प्रर्वद्धन गर्नु सवैका दायीत्व भएता पनि अपराधिकलाई कारवाही गर्ने न्यायलय भएको उहाले बताउनुभयो । तर पछिल्नो समय न्यायलयबाट मानव अधिकार उल्लङघन गर्ने व्यक्तिहरु नै संरक्षण हुने प्रवृतिको विकास भएको उहाले बताउनुभयो । शान्ति समाज दाङका सभापति तुलसीराम सुनारको अध्यक्षता एवं उच्च अदालत बार एसोसियसन तुलसीपुरका अध्यक्ष पुष्कर भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार