• २०७८ माघ १४ गते शुक्रवार

तुलसीपुर महोत्सव रोकिदैनः अध्यक्ष घर्ति

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीले तुलसीपुरमा लाग्ने महोत्सव नरोकिने बताउनुभएको छ । विभिन्न बाहाना देखाउदै महोत्सव रद्द गर्ने षड्यन्त भईरहेको भन्दै उहाले महोत्सव संचालनको सवै तयारी अन्तिम चरणमा पुगेकाले अब नरोकिने बताउनुभयो । कोरोनाका तेस्रो भेरियन्ट आएर मुलुकलाई नै असर गर्ने अबस्थामा बाहेक अन्य अबस्थामा महोत्सव नरोकिने भन्दै यसमा भ्रममा नपर्न उहाले सबैमा अनुरोध गर्नुभएको छ । कोरोना माहामारी प्रति आफुहरु पनि सचेत भएको हुदा अनावश्यक प्रचार र टिकाटिप्पनी नगर्न सवैमा उहाले आग्रह गर्नुभयो । विभिन्न नाममा महोत्सवलाई विफल बनाउन टिकाटिप्पनी हुने गरेको भन्दै भ्रामक कुराको पछि नलाग्न पनि सबैलाई उहाले अनुरोध गर्नुभयो । तुलसीपुर चेम्वर अफ कर्मसको आयोजनामा स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहर देखी गाउँ सम्म व्यापार विस्तार भन्ने नाराका साथ आउदो पुस १ गतेदेखी १२ गते सम्म तुलसीपुरमा महोत्सव संचालन हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार