• २०७८ माघ १४ गते शुक्रवार

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

दाङमा बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १६ का ४३ बर्षीय युवराज चन्द रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको चन्द सवार रा ४ प ४०२ नम्बरको मोटरसाइकललाई तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा १ च ३८५ नम्बरको बोलेरो जिपले गए राती पौने ८ बजे घोराही १६ मा ठक्कर दिएको थियो । जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालका अनुसार गम्भीर घाइते चन्दको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार