• २०७८ माघ १४ गते शुक्रवार

गुडिरहेको यात्रुबाहक बस छाडा चौपायामा ठोक्किदा दुर्घटना

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

बाँकेमा गुडिरहेको यात्रुबाहक बस छाडा चौपायामा ठोक्किदा बस दुर्घटना भएको छ । बिहिबार राति ८ बजे कोहलपुरदेखि नेपालगञ्ज तर्फ जादै गरेको बस छाडा चौपापासंग ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका अनुसार पार्वतीपुर नजिकै रहेको शिव मन्दिर नजिकैं गोरुसँग ठोक्किदा गोरु घटनास्थलमा नै मरेको छ भने बस सडकमै पल्टिएको छ । बसमा सवार केही यात्रुहरु सामान्य घाइते भएका छन् । बसका चालक फरार रहेका छन भने घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार