• २०७९ जेष्ठ ११ गते बुधवार

तुलसीपुरमा प्रथम प्रादेशिक फेष्टिबल आजबाट सुरु

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

दाङको तुलसीपुरमा प्रथम प्रादेशिक फेष्टिबल २०७८ सुरु भएको छ । चन्द्रसुर्य यातायात प्रालिको आयोजनामा तुलसीपुर ६ बरुवागाउँमा महोत्सव सुरु भएको हो । महोत्सवको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी (सोनाम)ले गरेका छन । महोत्सव मुल आयोजक समितिका संयोजक शम्भु रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले तुलसीपुर बजार क्षेत्रलाई व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा बताएका थिए । कोरोना माहामारीको नयाँ भेरियन्टको जोखिमका बाबजुद महोत्सव संचालन हुन लागेको भन्दै यस प्रति विशेष ध्यान दिन उनि आयोजकलाई आग्रह गरे । महोत्सव मंसीर २९ गते सम्म जारी रहने आयोजकले बताएको छ । उद्घाटन कार्यक्रमको सहजिकरण पत्रकार गणेश आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार