दाङमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर परिक्षणबाट दुई जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार संक्रमण पष्टि हुनेमा घोराहीका एक जना पुरुष र लमहिका एक जना महिला रहेका छन् । यसैविच आज जिल्लामा २ जना कोरोना मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा तुलसीपुर २ जना रहेको केन्द्रले जनाकारी दिएको छ । अहिले दाङमा कोरोनाका सकृय बिरामी २६ रहेका छन् । उनिहरु मध्य ४ जना आईसियूमा रहेका छन् भने २२ जना घरमै रहेको केन्द्रले जनाएको छ ।
जानकारीमूलक र रोचक भिडियोहरु हेर्नका लागि अनलाइन राप्तिसोनारीको युटुब च्यानल (Online Raptisonari) सब्सक्राइब गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस