• २०७८ माघ १४ गते शुक्रवार

बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ मा जित्नैपर्ने खेलमा बार्सिलोना बायर्नसँग ३–० ले पराजित भयो । अर्को खेलमा बेन्फिकाले जित निकालेपछि बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो । बायर्नको घरेलु मैदान एलिउन्ज एरिनामा आज बिहान भएको खेलमा बार्सिलोना पराजित भएको हो । बायर्नको जितमा थोमस मुलर, लरे साने र जमल मुसिएलाले एक÷एक गोल गरे । पहिलो हाफमा दुई गोलले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल खायो । मुलरले खेलको ३४ औँ मिनेटमा गोल गरेपछि बायर्नले अग्रता बनाएको थियो । बायर्नका लागि खेलको ४३ औँ मिनेटमा सानेले गोल थपे । त्यस्तै खेलको ६२ औँ मिनेटमा मुसिएलाले गोल गरे । यसअघि नै नकआउट चरणमा पुगेको बायर्नले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । बार्सिलोना २१ वर्षपछि समूह चरणबाट बाहिरिएको हो । बायर्नले ६ खेलबाट १८ अङ्क जोडेको छ । पराजित बार्सिलोना ७ अङ्कका साथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार