• २०७९ जेष्ठ १० गते मङ्गलवार

पौडेल पक्षको अझै उम्मेदवारी टुङ्गो लागेन

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सुरु हुन जम्मा दुई दिन बाँकी छँदा पनि रामचन्द्र पौडेल पक्षले सभापतिको उम्मेदवार टुङ्गो अझै लगाउन सकेको छैन । आज बुधवार पनि बिहानैदेखि पटक–पटक छलफल भए तर अहिलेसम्म उम्मेदवारको टुङ्गो लागेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का आकाङ्क्षी सशांक कोइराला पछि हट्न सक्ने सङ्केत गरे पनि शेखर कोइराला र प्रकाशमान सिंहमध्ये दुई जना नै टसमस नभएपछि उम्मेदवारको नाम अन्योलमै रहेको हो । पौडेल पक्षका नेताहरूले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्ष नेताहरूलाई दबाब दिएका छन् । आजको बैठकमा वरिष्ठ नेता पौडेल केही समय बसेर बाहिरिनुभएको थियो । चार जनामध्ये आफू पनि सभापतिको उम्मेदवार भएकाले बैठकको निष्कर्षलाई स्वीकार्ने नेता पौडेलले सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुभएको थियो । हिजो मङ्गलवारको बैठकले भने आज बेलुकासम्म साझा उम्मेदवारको सूची सार्वजनिक गर्ने वरिष्ठ नेता पौडेलले दाबी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार