• २०७८ माघ १४ गते शुक्रवार

च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज आठ वटा खेल हुदै

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज बुधवार पनि आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे जेनित र चेल्सी तथा युभेन्ट्स र माल्मो खेल्दैछन् । यो समूहबाट युभेन्ट्स र चेल्सी अन्तिम १६ मा पुगिसकेका छन् । यस्तै राति पौने २ बजे एट्लान्टा र भिलारियल तथा म्यानचेस्टर युनाइटेड र योङ ब्वाइज खेल्दैछन् । यो समूहबाट युनाइटेड अन्तिम १६ मा पुगिसकेको छ, आजको खेलपछि बाँकी अर्को टोलीको टुङ्गो लाग्नेछ । यस्तै पौने २ बजे नै बार्यन म्युनिख र बार्सिलोना तथा बेन्फिका र डाइनाभो किभ खेल्दैछन् । यो समूहबाट बार्यन अन्तिम १६ मा पुगिसकेको छ । अन्तिम १६ मा पुग्न आज बार्सिलोनालाई जित्नैपर्ने दबाब छ । तर बार्सिलोना बार्यनसँग पराजित भए पनि डाइनाभोले बेन्फिाकालाई हराएमा बार्सिलोना नै अन्तिम १६ मा पुग्नेछ । तर बार्सिलोना पराजित हुने र बेन्फिकाले डाइनाभोलाई हराएमा बार्सिलोना बाहिरिनेछ, बेन्फिका अन्तिम १६ मा पुग्नेछ । यस्तै आजै सेभिल्ला र आरबी साल्जबर्ग तथा वल्भ्सवर्ग र लिले खेल्दैछन् । यो समूहबाट सबै टिमको अघिल्लो चरणमा पुग्ने सम्भावना रहेको छ । ३२ टिममध्ये अन्तिम १६ मा पुग्ने १२ वटा टिमको टुङ्गो लागेको छ, बाँकी चार वटा टोलीको टुङ्गो आज लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार