• २०७८ माघ १४ गते शुक्रवार

हेलिकप्टर दुर्घटनामा जनरल बिपिन रावतको मृत्यु

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतको ६३ वर्षको उमेरमा निधन भएको छ । तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाको निधन भएको हो । भारतीय वायु सेनाले ट्वीट गर्दै यसको जानकारी दिएको हो । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाको ज्यान गएको हो । हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका एक जनाको उपचार भइरहेको छ । हेलिकप्टर कोयम्बटोरमा रहेको सुलुर आईएएफ सैन्य सिविरबाट वेलिङ्गटनमा रहेको ‘डिफेन्स स्टाफ कलेज’ तर्फ जाँदै थियो । उक्त हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउनका लागि जाँचको आदेश दिइएको वायु सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार