• २०७८ माघ १४ गते शुक्रवार

घोडाघोडी तालमा फोहोर बढ्यो,साख गुम्ने खतरा

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

कैलालीमा रहेको प्रसिद्ध घोडाघोडी तालको सौन्दर्य गुम्ने खतरा बढेको छ । तालको वरीपरी क्षेत्रमा फोहोर ब्यवस्थापन तथा तोकिएको निश्चित मापण्ड नहुदा साख गुम्ने खतरा बढेको हो । उक्त ताल सन २००३ मा घोडाघोडी तालसहित घोडाघोडी ताल क्षेत्रलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो । तर, हालका दिनमा यो ताल फोहोर र प्रदूषित हुँदै जादा त्यहाँका स्थानिय चिन्ति बनेका छन । तालको पानीसहित किनारमा यत्रतत्र प्लाष्टिक र सीसाका बोतलहरु जथाभावी फालिएका छन् । सुन्दर घोडाघोडी ताल क्षेत्र ठोस फोहोरमैलाका कारण कुरुप बन्न थालेको छ । घोडाघोडी ताल थारु समुदायको आस्थाको धरोहर हो । आफ्नो देवीदेवतासंग जोडेर यो समुदायका मान्छेले घोडाघोडी ताललाई पवित्र मान्दै आएका छन् । घोडाघोडी तालमा दिनहुँ घुम्न आउने व्यक्तिहरुले जथाभावी प्लाष्टिकजन्य वस्तु फाल्ने, फोहोर गर्ने जस्ता कारणले घोडाघोडी ताल कुरुप बन्न लागेको हो । नेपालका लागि अत्यन्त महत्वपूर्ण र सुन्दर यो ताल प्रदूषित बन्दै जानू ठूलो चिन्ताको विषय रहेको प्रकृति संरक्षण क्लब बर्दियाका सचिव एवम् द डेन एड्भेञ्चर्सका प्रबन्ध निर्देशक राजन चौधरीले बताएका छन । सन १९९७ देखि घोडाघोडी ताल क्षेत्रको अवलोकन गर्दै आएको अनुभव सुनाउँदै चौधरीले भने–विगतमा मनोरम र सुन्दर घोडाघोडी ताल क्षेत्रमा हाल फोहोर बढ्दै गएको र तालमा पानी समेत कम हुँदै गएको छ । मन्दिर आसपासको घोडाघोडी ताल क्षेत्रमा पूजा गर्ने, पिकनिक खाने व्यक्तिले जथाभावी फोहोर गर्ने गरेका छन् । यसैगरी, घुमफिर गर्ने व्यक्तिले पनि जथाभावी फोहोर गर्ने गरेका जनाइएको छ । मन्दिरभन्दा अलि पर जङ्गल क्षेत्रमा भने सीसाका बोतल जथाभावी फालिएका छन् । ताल क्षेत्रको वनमा गएर मदिरा सेवन गर्ने र जता पायो उतै बोतल फाल्ने कार्य हुँदै आएको छ । घोडाघोडी ताल क्षेत्रमा यसरी भइरहेको ठोस फोहोरमैलाले प्रदूषण बढाउने र जैविक विविधतामा असर पु¥याउने संरक्षणमा लागेकाहरुको बुझाइ छ । बर्दिया राष्ट्रिय निकुञ्जमा नेचरगाइडको रुपमा काम गर्दै आउनु भएका आनुराम चौधरीले घोडाघोडी ताल क्षेत्रमा पर्यटक कम आउनुको एउटा कारण प्रदूषण पनि रहेको बताएका छन । पश्चिम टुडेबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार