• २०७९ जेष्ठ १० गते मङ्गलवार

अब प्रहरी जवानको पेन्सन १६ वर्षमै पाक्ने

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

नेपाल प्रहरीका जवानहरुको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव अघि बढेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले पठाएको प्रस्तावलाई गृह मन्त्रालयले निर्णयार्थ अघि बढाएको हो । मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रालयले सर्तसहित पेन्सन अवधि घटाउने प्रस्तावबारे छलफल गरिरहेको छ । स्रोत भन्छ, ‘अर्थ मन्त्रालय, लोक सेवा आयोग लगायत विभिन्न निकायसँग छलफल चलिरहेको छ, केही सातामै प्रहरी नियमावली संशोधनको निर्णय हुनसक्छ ।’ मन्त्रिपरिषद्ले गत वर्ष २९ पुसमा सैनिक सेवा नियमावली संशोधन गर्दै नेपाली सेनामा फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेर स्वेच्छिक अवकाश लिए निवृत्तभरण पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको थियो । तर पेन्सन पाउन २० वर्ष कुर्नुपर्ने सर्त राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार