• २०७८ माघ १४ गते शुक्रवार

आयरल्यान्डसंगको श्रृङखला क्रिस गेलको बिदाइ खेल हुन सक्ने

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

क्रिकेट वेस्ट इन्डिज (सीडब्ल्यूआई) ले क्रिस गेलको बिदाइ खेलको तयारी गरेको छ । क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोकाका अनुसार आउँदो जनवरी १६ मा जमैकामा वेस्ट इन्डिज र आयरल्यान्डबीच हुने एक मात्र टी–२० खेल गेलको अन्तिम अन्तर्राष्ट्रिय खेल हुन सक्छ । आयरल्यान्ड र वेस्ट इन्डिजबीच जनवरी ८ देखि १६ को बीचमा तीन एकदिवसीय र एक मात्र टी–२० खेल जमैकाको सबिना पार्कमा हुने तय भएको छ । गएको महिना क्रिकेट वेस्ट इन्डिजका सीईओ जोनी ग्रेभले अन्तिम खेलका लागि क्रिस गेललाई घरमा खेल्ने मौका दिनुपर्ने सबैले चाहेका बताएका थिए । टी–२० विश्व कपका क्रममा पनि गेलले जमैकामा अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने मौका पाउने आशा व्यक्त गरेका थिए । टी–२० क्रिकेटमा क्रिस गेलको उपस्थिति निकै उत्कृष्ट रहेको छ । उनले २२ शतक र ८७ अर्धशतकसहित टी–२० मा १४ हजार तीन सय २१ रन बनाएका छन् । टेस्टमा उनले तीन सय ३३ रनको सबैभन्दा धेरै रनसहित सात हजारभन्दा धेरै रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार