• २०७९ जेष्ठ ११ गते बुधवार

जनप्रतिनिधि बीच कुटाकुट हुदा वडा अध्यक्षको दाँतै भाँचियो

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

सप्तरीको एक वडामा जनप्रतिनिधि बीच कुटाकुट हुदा वडा अध्यक्षको दाँत भाँचिएको छ । छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सुर्यनाराण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुदा सुर्यनाराण मण्डलको दाँत भाँचिएको वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले जानकारी दिए । मंगलबार दिउँसो ३ बजे कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेको समयमा सामान्य विवाद भई मुक्का मुक्की हुदा अध्यक्षको दाँतै भाचिएको यादवले बताए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको खबर आएको बताए । ‘घटनापछि दुबै आ–आफ्नो घरतिर लागेको भन्ने कुरा जानकारी आयो । यद्यपि प्रहरीमा उनिहरुबाट कुनै जानकारी भने नआएको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार