• २०७९ जेष्ठ ११ गते बुधवार

ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा चौधरीको मृत्यु

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

दाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक लमही नगरपालिका ७ कमानपुर बस्ने ३५ वर्षीय ठग्गु प्रसाद चौचरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सोमबार लमही बजारबाट मध्यनगर तर्फ जादै गरेको लु ४४ प ११०४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा ३ ख १०४९ नम्बरको मिनी ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार