दाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १२ जसपुर बस्ने २६ वर्षका मोहन विक रहेको ईलाका प्रहरी कायाृलय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अयाृलले जानकारी दिए । घटना आज दिउँसो भएको थियो । विकलाई उरहररिबाट पक्राउ गरिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य परिक्षण समेत गरिएको छ ।
जानकारीमूलक र रोचक भिडियोहरु हेर्नका लागि अनलाइन राप्तिसोनारीको युटुब च्यानल (Online Raptisonari) सब्सक्राइब गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस