• २०७९ जेष्ठ ११ गते बुधवार

सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

तनहुँमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा आइतबार राति सिकार खेल्न गएकाबेला सोही ठाउँकै १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले जनाएका छन । शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा सिकार खेल्न गएको बेला युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानअनुसार बन्दुक रोहितले नै बोकेको देखिन आएको प्रहरीले जनाएको छ । प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार