प्रेस सेन्टर नेपालको केन्द्रीय अध्यक्षमा विष्णु सापकोटा सर्वसम्मत चयन भएका छन । शनिबार र आइतबार चितवनमा सुरु भएको राष्ट्रिय सम्मेलनले सापकोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको बन्द सत्रले १९९ सदस्सीय समिति घोषणा गरेको छ । बन्दसत्रमा गठन गरिएको अध्यक्ष मण्डलले पछि १५ थप गर्ने गरी सदस्यको नाम सार्वजनिक गरेको हो । बन्दसत्रले १८ बुँदे घोषणापत्र जारी गरेको छ । सेन्टरका निवर्तमान कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार १८ बुँदे घोषणापत्रमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन आग्रह गरिएको छ । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गरेका थिए ।