• २०७९ जेष्ठ १० गते मङ्गलवार

छुट्टा छुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु,एक जना घाइते

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

दाङमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । लमहीमा बसको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा न. ६ बनघुस्री बस्ने ५५ वर्षीय रामचरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आइतबार बिहान ६ बजे पुर्व पश्चिम राजमार्ग अन्र्तगत बन्गै जंगलमा पश्चिमबाट पुर्व जादैगरेको रा १ ख १७७७ न.बसको ठक्करबाट घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । यस्तैगरी मोटरसाइकले पैदल यात्रुलाई ठक्कर दिदा एक महिला घाइते हुनुभएको छ । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका १८ मानपुर बस्ने ६३ वर्षीया हरीकला खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । आईतवार दिउँसो १२ बजेको समयमा घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ३०६५ नम्बरको मोटरसाइकलले बिजौरीमा ठक्कर दिएको प्रहरीले बताएको छ । त्यसैगरी ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरबाट जस्पुर जादै गरेको रा १ ह २९११ नम्बरको अटो गएराती ११ बजे दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक तुलसीपुर उपमहानगरपालिका १२ बस्ने ३५ वर्षीय गंगाराम केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार