• २०७८ माघ १४ गते शुक्रवार

म्यानमारमा प्रदर्शनकारी माथि गाडी कुदाउँदा पाँच जनाको मृत्यु,१५ जना घाइते

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि गाडी कुदाउँदा पाँच जनाको ज्यान गएको छ । रङ्गुनमा आज आइतवार दिउँसो भएको घटनामा अन्य १५ जना घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ । सैन्य ’कु’को विरोधमा म्यानमारमा दैनिकजसो प्रदर्शन भइरहेका छन् । आज प्रदर्शन भइरहेको बेला सेनाको एउटा गाडी तीव्र गतिमा प्रदर्शनकारीहरूलाई किच्दै अघि बढेको रोयटर्सले जनाएको छ । म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले प्रजातान्त्रिक सरकारलाई हटाएर सत्ता कब्जा गरेको थियो । सैन्य ’कु’ पछि भएका प्रदर्शनमा सेनाले शक्ति प्रयोग गर्दा एक हजार तीन सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ । सैन्य सरकारले शान्तिपूर्ण प्रदर्शनमा गाडीले कुल्चिने र जथाभाबी गोली प्रहार गर्ने घटना पटक–पटक भएका छन् । प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथिको एउटा मुद्दामा फैसलाको तयारी भइरहँदा प्रदर्शनहरू बढेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार