• २०७८ माघ १४ गते शुक्रवार

राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश विजयी

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

१९ वर्षमुनिको राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले हात पारेको छ । आज आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेल सुदूरपश्चिम प्रदेशलाई एक सय १३ रनले हराउँदै लुम्बिनीले उपाधि हात पारेको हो । लुम्बिनी प्रदेशले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ ओभर ३ बलमा ९९ रन बनाउँदा अलआउट भयो । सुदूरपश्चिमका लागि लोकेश बमले २५ र खड्क बोहराले २१ रन बनाए । बलिङतर्फ लुम्बिनीका अजय चौहानले पाँच, दुर्गेश गुप्ताले तीन र मोहम्मद हुसेनले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा दुई सय १२ रन बनायो । उसका लागि देव खनालले ७० र विशाल विक्रम केसीले ५१ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका आकाश चन्दले तीन तथा शेर मल्ल र हेमन्त धामीले दुई÷दुई विकेट लिए । प्रतियोगितामा सात प्रदेशका सात टोली सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार