• २०७८ माघ १४ गते शुक्रवार

दाङका ६ पालिकामा आज भेरोसिल पहिलो मात्रा लगाइँदै

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

दाङमा भेरोसिल खोपको पहिलो मात्रा आज ६ पालिकामा लगाइदै छ । स्वास्थ्य कार्यालय दाङका अनुसार १८ वर्ष माथीका यस अघि खोप लगाउन छुटेका नागरिकहरुलाई कोरोना भाईरस विरुद्धको भेरोसिल खोप लगाउने भएको हो । जिल्लाको घोराही, लमही, बंगलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा आज आईतवार देखी विहिवार सम्म भेरोसिल खोपको पहिलो मात्रा लगाईने स्वास्थ्य कार्यालय दाङले जनाएको छ । यस पटक लगाएका उनीहरुलाई दोस्रो मात्रा आउदो पौष १५ देखी १९ गते सम्म लगाईने भएको छ । यस अघि गत मंसीर १२ गतेदेखी १७ गतेसम्म तुलसीपुर सहित पश्चिम दाङको शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा भेरोसिलको पहिलो मात्रा खोप लगाईएको थियो । पहिलो मात्रा लगाई सकेकाहरुलाई पौष ४ गतेदेखी ८ गते सम्म दोस्रो मात्रा लगाईने स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार