• २०७८ माघ १४ गते शुक्रवार

राप्रपाको अध्यक्षमा लिङ्देन विजयी

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार अबेर सम्म मतदान भएको थियो भने रातभर मतगणना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार